काठमाडौं । अष्ट्रेलियाले भारतविरूद्धको टेष्ट श्रृंखला बराबरी गरेको छ। दोस्रो टेस्ट १४६ रनले जित्दै घरेलु टोली अष्ट्रेलियाले श्रृंखला बराबरी गरेको हो।
अष्ट्रेलियासँगको दोस्रो टेस्टमा चौथो दिनको खेल सकिदा २ सय ८७ रनको विजयी लक्ष्य पक्ष्याएको भारतले पाँचौ दिन १४० रनमा अलआउट भएपछि दोस्रो टेस्टमा फराकिलो पराजय व्यहोरेको हो।
चौथो दिनको खेल सकिँदासम्म १ सय १२ रन बनाएर ५ विकेट गुमाएको भारतले पाँचौ दिनको सुरूमै बाँकी सबै विकेट गुमायो। यो सँगै ४ खेलको श्रृंखला १,१ को बराबरी भएको हो।
प्रकाशित मितिः २०७५ पुष ३ मंगलबार
Comments