काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गए रातिको खेलमा एथ्लेटिको मड्रिडले आफ्नो आठौं जित दर्ता गराएको छ । उसले शनिबार रातिको खेलमा भाल्लाडोलिडलाई ३–२ ले पाखा लगाउँदै दोस्रो स्थानमा बनाएको छ ।
भाल्लाडोलिडकै घरेलु मैदानमा भएको सो खेलमा एथ्लेटिकोलाई जिताउन एन्टोइन ग्रीजम्यानले २ गोल गरेभने निकोला कालिनिकले एक गोल गरे । यस्तै भाल्लाडोलिडका लागि फर्नान्डो कालेरोले एक गोल गरे भने साउल निगुएजले आत्मघाती गोल गरे ।
खेलको २६ औं मिनेटमा निकोलाले गोल गरेर घरेलु टोलीविरुद्ध १–० को अग्रता लिए । यस्तै ग्रीजम्यानले पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्दै पहिलो हाफ २–० को अग्रता दिलाए ।
यस्तै दोस्रो हाफमा भाल्लाडोलिडका कालेरोले गोल गरे । उनले ५७ औं मिनेटमा गोल गर्दा एथ्लेटिकोका साउल निगुएजले आत्मघाती गोल गर्दैै २–२ को बराबरी दिलाए । साउलले खेलको ६३ औं मिनेटमा आत्मघाती गोल गर्दै घरेलु टोलीलाई उपहारस्वरुप दिएका थिए ।
२–२ को बराबरीको स्थितिमा एथ्लेटिकोका ग्रीजम्यानले एक गोल थपे । उनले खेलको ८० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै ३–२ को जित दिलाए ।
यस जितसँगै एथ्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । उसले १६ खेल खेल्दा ८ खेलमा जित, ७ खेलमा बराबरी र १ खेलमा पराजय भोगेको छ । यस्तै उसले शीर्ष स्थानको बार्सिलोनासँग बराबरी अंक बनाएको छ ।
शीर्ष स्थानको बार्सिलोनासँग १५ खेलबाट ३१ अंक रहेको छ । यद्यपि, एथ्लेटिको गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । बार्सिलोनासँग २२ गोल हुँदा एथ्लेटिकोसँग १२ मात्र गोल रहेको छ ।
प्रकाशित मितिः २०७५ पुष १ आइतबार
Comments