काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड फेरि जिततविहीन भएको छ । गत राति आफ्नो घर ओल्ड ट्राफोर्डमा भएको लिगको १५औं खेलमा युनाइटेड पाहुना टोली आर्सनलसँग २–२ को बराबरीमा टुंगियो । निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने पाहुना टोली आर्सनलले लिएको थियो । उसका लागि खेलको २६औं मिनेटमा मुस्ताफीले गोल गरेका थिए ।
तर, त्यसको ४ मिनेटपछि नै युनाइटेडका लागि एन्थोनी मार्टियलले गोल गरेर खेल बराबरी बनाए । र, पहिलो हाफमा १–१ को बराबरीमा टुंगियो । दोस्रो हाफमा खेलको ६८ औं मिनेटमा युनाटेडका मार्कोस रोजाले आफ्नै पोस्टमा गोल हानेपछि आर्सनलल घरेलु टोलीविरुद्ध १–२ को अग्रता लियो ।
तर, लगत्तै अर्को मिनेटमै युनाइटेडका लागि जेसस लिंगार्डले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल २–२ को बराबरीमा सकियो ।
युनाइटेड यसअघि अवे मैदानमा भएको साउथह्यापटनसँगको खेलमा पनि २–२ को बराबरीमा रोकिएको थियो । अब यो बराबरीसँगै युनाइटेड १५ खेलबाट मात्रै २३ अंक बनाएर लिगको आठौं स्थानमा झरेको छ । आर्सनल समान १५ खलेबाट ३१ अंकसहित पाँचौं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ मंसिर २० बिहिबार
Comments