काठमाडौं । सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ ।
लामो समयदेखि रिक्त रहेको सदस्य पदमा आइतबारको मन्त्रिपरिषद् बैठकले परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिशमा परिषद्मा उनीहरुलाई नियुक्त गरिएको बताइएको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २७ मंगलबार
Comments