काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई पछाडि छोड्दै चेल्सीले दोस्रो स्थान बनाएको छ । आइतबार रातिको खेलमा क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै चेल्सीले दोस्रो स्थान बनाएको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि अल्भारो मोरटाले २ तथा पेड्रोले एक गोल गरे । यस्तै क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्डले एक गोल फर्काए ।
खेलको ३२ औं मिनेटबाट अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा २ गोल थप्यो । चेल्सीका लागि ३२ औं मिनेटमा मोरटाले गोल गरेर पहिलो हाफमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५३ औं मिनेटमा क्रिष्टलका टाउनसेन्डले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
त्यसपछि चेल्सीका मोरटाले व्यक्तिगत तथा क्लबका लागि दोस्रो गोल गरे । उनले खेलको ६५ औं मिनेट गोल गर्दा ७० औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–१ को सहज जित दिलाए ।
जितपछि दोस्रो स्थान बनाएको चेल्सीसँग २७ अंक छ । यस्तै अंक तालिकामा लिभरपुलले पनि समान ११ खेलबाट २७ अंकका साथ तेस्रो स्थानमा छ । लिभरपुल गोलान्तरमा आधारमा तेस्रो स्थानमा रहेको हो ।
प्रकाशित मितिः २०७५ कार्तिक १९ सोमबार
Comments