काठमाडौं । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अमेरीकी महिलाले आफूमाथि बलात्कार गरेको आरोपलाई गलत समाचार भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा समाचारमा कुनै सत्यता नभएको प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘उनीहरुले मेरो नाम जोडेर आफूलाई प्रचार गर्न चाहेको भन्दै यो आफ्ना लागि सामान्य रहेको बताएका छन् र उनले भनेका छन्, यो समाचार पूर्णरुपमा गलत छ ।’ यसगैगरी रोनाल्डोका वकिलले पनि उनलाई अहिले आएर बदनाम गर्न खोजिएको बताएका छन् ।
सन् २००९ मा अमेरिकी महिलालाई रोनाल्डोले बलात्कार गरेको र सो केसलाई लुकाउन मोटो रकम दिएको भन्दै जर्मन पत्रिकाले समाचार छापेपछि उनको चौतर्फी आलोचना भएको थियो । रोनाल्डोले अमेरिकाको लस भेगासको एक होटलमा ती महिलालाई बलात्कार गरेको र २०१० मा तीन महिलाले स्थानीय पुलिसमा रिपोर्ट गर्दा कोर्टको आदेशमा रोनाल्डोले तीन लाख ७५ हजार अमेरीकी डलर तिरेर कहिले पनि यो कुरा बाहिर ननिकाल्न सर्त राखेको सो पत्रकिाले उल्लेख गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १५ सोमबार
Comments