काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप आजदेखि भुटानमा सुरु हुदैँछ । उपाधि जित्ने लक्ष्यसहित भुटानमा रहेको नेपाली यू–१८ महिला टोलीले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः१५ मा सुरु हुनेछ । समूह बी मा रहेको नेपालले आगामी मंगलबार बङ्गलादेशको सामना गर्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यस्तै उद्घाटन खेलमा भने आयोजक भुटानले उपाधिको दावेदार भारतको सामना गर्दैछ । खेल चाम्लिङथाङ रंगशालामा ४ बजेपछि सुरु हुनेछ ।
नेपाली टोलि
गोलकिपर । अन्जना राना मगर, उषा नाथ, कविता राई
डिफेन्डर । निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर
मिडफिल्डर । सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती
स्ट्राइकर । रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा
प्रकाशित मितिः २०७५ असोज १२ शुक्रबार
Comments