काठमाडौं । जर्मन लिग बुन्डेसलिगामा लिग लिड बार्यन म्युखिन आफ्नै घरमा बराबरीमा रोकिएको छ । लिगको पाँचौं हप्ताको खेलअतर्गत गत राति भएको खेलमा बार्यनलाई एफसी अगर्सबर्गले १–१ को बराबरीमा रोकेको हो । पहिलोमा हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले गोलका केही अवसर पाएका थिए । तर, गोल दोस्रो हाफमा मात्रै भयो । ४८औं मिनेटमा बार्यनका लागि आर्जेन रोबेनले गोल गर्दा बार्यन १–० ले अगाडि रह्यो ।
तर, खेल सकिन ४ मिनेट बाँकी छँदा अगर्सबर्गले बराबरी गोल फर्कायो । उसका लागि फेलिक्स गोट्जेले गोल गरेर बार्यनलाई आफ्नै घरमा जित्न दिएनन् । र, खेल १–१ को बराबरीमा सकियो । यो बराबरीपछि जारी सिजन बार्यनको विजयी यात्रा टुंगिएको छ । अब उसले ५ खेलबाट १३ अंक जोडेको छ । यद्यपि, बार्यन लिगको शीर्ष स्थानमा छ ।यता, अगर्सबर्गले ५ खेलबाट ५ अंक नै जोडेको छ । ऊ लिगको १२औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १० बुधबार
Comments