काठमाडौं । युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आज मंगलबारबाट सुरु हुँदैछ । नयाँ सिजनको पहिलो दिन चार समूहको आठ खेलहरु हुँदैछ । आज समूह ए, बी, सी र डी का दुई दुई खेल हुनेछ ।
च्याम्पियन्स लिग समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले पिएसभीसंग प्रतिस्पर्धा गर्दैछ । समूह बी मा रहेको बार्सिलोनाले घरेलु मैदानमा पिएसभीविरुद्ध समूह चरणको पहिलो खेल नेपाली समय अनुसार राति १०ः४० मा खेल्नेछ ।
समूह बी अन्तर्गत कै अर्को खेलमा इटालियन क्लब इन्टर मिलान र इन्ग्लिश क्लब टोटेनहमले प्रतिस्पर्धा गर्नेछन् । राति १०ः४० मा हुने खेल इन्टरको मैदानमा हुनेछ । यस्तै समूह सी मा रहेका इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा फ्रान्सको पेरीस सेन्ट जर्मेन ९पिएसजी० सँग खेल्दैछ । यसै समूहमा रहेको नेपोलीले सर्बियन क्लब रेड स्टार बेलग्रेडको सामना गर्दैछ । यस समूहको दुवै खेल राति १२ः४५ मा सुरु हुनेछ ।
समूह ए अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्डले क्लब ब्रुगको सामना गर्नेछ । यसै समूहको अर्को खेलमा फ्रान्सेली क्लब मोनाको र स्पेनिस क्लब एट्लेटिको मड्रिडले प्रतिस्पर्धा गर्नेछन् । यस समूहको दुवै खेल राति १२ः४५ मा हुनेछ ।
त्यस्तै समूह डी अन्तर्गत गालातासारेले लोकमोतिभ मस्कोसँग प्रतिस्पर्धा गर्दा शाल्केले पोर्टोको सामना गर्नेछन् । दुवै खेल राति १२ः४५ मा सुरु हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २ मंगलबार
Comments