काठमाडौं । ला लिगामा बार्सिलोनाले रियल सोसियाडविरूद्द खेलको दोश्रो हाफमा ३ मिनेटभित्र दुई गोल गर्दै शतप्रतिशत सुरूवात गरेको छ। सोसियाडलाई २,१ ले हराउनु अघि बार्सिलोना खेलको पहिलो हाफमा १,० गोलले पछाडी थियो। बार्सिलोनालाई तीज दिलाउने क्रममा खेलको ६३ औं मिनेटमा लुइस स्वारेजले बराबारी गोल गरेका थिए भने ६६ औं मिनेटमा दसमाने ड्याम्बेलेले दोश्रो गोल गरेका थिए।
सोसियाडले खेलको १२ औं मिनेटमा अग्रता लिएको थियो। सो गोल एरिज एलिसटोन्डोले गरे। प्रतिष्पर्धात्मक बनेको खेलमा बार्सिलोना लयमा फर्कनु अघि सोसियाडले महत्वपूर्ण तीन अबसरको सदुपयोग गर्न चुकेको थियो। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ३१ आइतबार
Comments