काठमाडौ । वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सीपीएल अन्तर्गत आज भएको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले शानदार जित निकालेको छ ।
उसले जमैका तल्लवासमाथि ७ विकेटको फराकिलो जित निकालेको हो । जमैका लागि रोभन पावेलले सर्वाधिक ८४, ग्लेन फिलीप्सले ४० र डेभिड मिलरले ३२ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने खासै राम्रो रहेन ।
टस जितेर फिल्डीङ रोजेको सन्दिप आवद्ध टिम प्याट्रियोसले २०७ रनको विशाल विजयी लक्ष्य पाएको थियो । तर, प्याट्रियोट्सले ब्याटिङ गर्ने बेला पानी परेपछि खेल ११ ओभरमा झारिएको थियो । र, प्याट्रियोट्ससले जितका लागि ११८ रनको लक्ष्य पायो । उसले ६ बल अगावै लक्ष्य पूरा गर्यो ।
प्याट्रियोट्ससले ३ विकेटको क्षतीमा लक्ष्य हासिल गरेको हो । उसका लागि कप्तान क्रीश गेलले ४१, राशिभनले ४५, महुम्मद अल्लाहले २६ रन बनाए । इभेन लुइस र बेन कटिङ भने शून्य रनमा आउट भए । अहिले सन्दिप सीपीएल खेलि रहेका छैनन् । उनी एसिया कप छनोट खेल्नका लागि मलेसियामा रहेका छन् । एसिया कप छनोट प्रतियोगिता सम्पन्न भएसंगै सन्दिप फेरि सीपीएल खेल्न वेष्टइन्डिज फर्किने छन् ।
प्रकाशित मितिः २०७५ भदौ १८ सोमबार
Comments