काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत मलेसियासँगको खेलमा नेपाल विजयी भएको छ । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसिया १६९ मा सिमित हुँदा नेपाल १९ रनले विजयी भएको हो । यो नेपालको पहिलो जित हो ।
मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा १८८ रन बनाएको थियो । नेपालका लागि लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मान जनकको स्कोरमा पुर्याए । दीपेन्द्र र आरिफले अर्धशतक बनाए ।
शुरुवातका पाँच विकेट सस्तैमा गुमाएर धरमराएको नेपाली इनिङलाई दीपेन्द्र र आरिफले समाल्दै सम्मानजनक स्कोर बनाए । दीपेन्द्रले ५१ बलमा ५४ रन बनाए भने आरिफले विष्फोटक व्याटिङ गर्दै ४८ बलमा ६४ रन बनाएर नटआउट रहे ।
सुभाष खकुरेलले ९, कप्तान पारस खड्का १३, अनिलकुमार साह १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ११, बसन्त रेग्मी ७, बलमा सागर पुन र सोमपाल कामी शुन्य रनमा आउट भए । नेपालले १४ ओभरमा पाँच विकेटको क्षतिमा जम्मा ६० रन बनाएको थियो ।
मेलेसियाका लागि स्याज्रुलले ३, एस मुनीयन्डीले ३ र मुहम्मद अनवरले १ विकेटले लिए । आजको खेलमा अलराउण्डर दीपेन्द्रसिंह एेरी म्यान अफ द म्याच भए । उता जवाफी व्याटिङमा आएको मलेसियाका लागि अनवर अरुदीन र स्येद अजिजले ३४ र ३४ अहमेद फैज २२, विरेनदीप सिंह २१ मुहम्मद स्याहदात १६, एस मुनियन्दीले १० रन बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि बसन्त रेग्मी ३, सोमपाल कामी र सन्दीप लामिछाने २र२, दीपेन्द्रसिंह ऐरी र सागर पुनले एकरएक विकेट लिए । सुरुका दुई खेलमा हार व्यहोरेको नेपाललाई अगाडिको यात्राका लागि आज जित्ने पर्ने दवाव छ । युएईमा हुने एसिया कप खेल्ने आशा जीवितै राख्नका लागि नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुग्दैन, अरुको खेलमा पनि भरपर्छ । नेपाल पहिलो खेल ओमानसँग सात विकेट र दोस्रोमा युएईसँग ७८ रनले पराजित भएको थियो ।
प्रकाशित मितिः २०७५ भदौ १६ शनिबार
Comments