काठमाडौं । ब्राजिलको फुटबल एसोसिएसनका पूर्व प्रमुख जोसे मरिया मारिन जेल चलान भएका छन् । ८६ वर्षीय मरिनलाई भ्रष्टाचार गरेको पुष्टी भएसँगै चार वर्षको जेल सजाय सुनाइएको हो । साथै १.२ मिलियन डलर जरिवाना पनि सुनाइएको छ ।
जोसेले कोपा अमेरिकासहितका प्रतियोगिताका खेल प्रशारण गर्न दिने शर्तमा घुस लिएको पुष्टि भएको हो । उनीसहित विश्व फुटबलको प्रशासकीय निकाय फिफाका सातजनालाई भ्रष्टाचार आरोपमा सन् २०१५ को मे मा ज्युरिचमा रहेको होटलबाट पक्राउ गरिएको थियो । जोसे सन् २०१२ देखि २०१५ सम्म ब्राजिलियन फुटबल एसोसिएसनको प्रमुख थिए ।
प्रकाशित मितिः २०७५ भदौ ७ बिहिबार
Comments