भक्तपुर ३१ साउन । अर्जेन्टिनको बोका जुनियर्सलाई हराउँदै बार्सिलोनाले जोन गेम्पर ट्रफ्रीको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा जुनियर्सलाई ३–० गोल अन्तरले हराउँदै बार्सिलोनाले जोन गेम्पर ट्रफ्री जितेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन माल्कोम, कप्तान लियोनल मेस्सी र रिफान्हाले एक एक गोल गरे । खेलको १८ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । यस्तै ३९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए । दोस्रो हाफको ६७ औं मिनेटमा रिफान्हाले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।
स्पेनिस ला लिगाको नयाँ सिजन अघि बार्सिलोनाले मैत्रीपूर्ण फुटबल अन्तर्गत जोन गेम्पर ट्रफ्रीको आयोजना गर्ने गर्दछ । जोन गेम्पर ट्रफ्रीको यो ५३ औं संस्करण समेत हो । एजेन्सी
Comments