भक्तपुर २५ साउन । क्यारेबियन प्रिमियर लिग ९सिपिएल० क्रिकेट प्रतियोगितामा नेपालका बलर सन्दीप लामिछानेले शानदार डेब्यु गरेका छन् । पहिलो खेलमै उनले २ विकेट लिएर आफ्नो डेब्यु शानदार र सम्झनलायक बनाए । त्यत्ति मात्रै हैन, उनले आफ्नो पहिलो बलमै विकेटसमेत लिए ।
यद्यपि, उक्त खेलमा सन्दीपको टोलीसेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स पराजित भएको छ । नेपाली समयअनुसार आज बिहान भएको खेलमा प्याट्रियट्सले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । जसमा कप्तान क्रिस गेलले विष्फोटक ब्याटिङ गर्दै ८६ रनको बनाएको खेलमा प्याट्रियट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रनको स्कोर बनाएको थियो ।
त्यसपछि जवाफी ब्याटिङमा आएको वारियर्सले शानदार खेलेको थियो । यता, दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिँदै सिपिएलको डेब्यु सम्झनलायक बनाए । सन्दीपले ज्यासन मोहम्मदको विकेट लएर सनसनी मच्चाए । जम्मा ४ ओभर बलिङ गरेका सन्दीपले मात्रै १२ रान खर्चिएर २ विकेट लिए, जुन निकै उच्चस्तरको प्रदर्शन हो ।
वेस्ट इन्डिजका यु–१९ टोलीका सदस्य सिम्रन हेटमेयरले गजबको खेल खेले । उनको उच्च प्रदर्शनले क्रिस गेल र सन्दीप दुवै छायाँमा पारिदियो । सिम्रनले कूल ४५ बलमा ७९ रनको अविजित रन बनाउँदै वारियर्सलाई २१ बल हातमा छँदै ६ विकेटको शानदार जित दिलाए । खेलको म्यान अफ् दि म्याच बनेका सिम्रनले ४५ बलको सामना गर्दै ९ चौका र ४ छक्का हानेका थिए ।
Comments