काठमाडैं १२ साउन । स्टानिस्लाभ चर्चेसोभले युरोकप सम्म रसियाको मुख्य प्रशिक्षक रहने भएका छन्। प्रशिक्षक चर्चेसोभले रूस फुटबल फेडेरेसनसँग थप दुई वर्ष ९सन् २०२०० को लागि नयाँ सम्झौता गरेसँगै आगामी युरो कपसम्म टोली हेर्नेछन्।
हालै घरेलु मैदानमा सम्पन्न २१औं विश्वकपमा टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि रूसी प्रशिक्षक चर्चेसोभको सम्झौता थपिएको हो। नयाँ सम्झौतापछि आगामी सन् २०२० मा हुने यूरोकपसम्म रसियन टोलीकोको प्रशिक्षण चर्चेसोभ नै गर्नेछन्। १२ देशका १२ सहरमा हुने सन् २०२० को यूरोकपमा युरोपका विभिन्न २४ राष्ट्रले सहभागिता जनाउनेछन्।
चर्चेसोभसँग नवीकरण सम्झौतामा हस्ताक्षर पछि रुस फुटबल फेडेरेसनले चर्चेसोभको नेतृत्वमा रुसी टिमले उच्च प्रदर्शनको विश्वास लिएको छ। रुसका पूर्व गोलकिपरसमेत रहेका चर्चेसोभले सन् २०१६ बाट रूसी टोली सम्हाल्दै आएका हुन्। चर्चेसोभको प्रशिक्षणमा रहेको रूसले हालै सकिएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। एजेन्सी
Comments