काठमाडौं २ साउन । इङ्ल्यान्डले भारतविरुद्धको एक दिवसिय श्रृखंला २–१ ले जितको छ । तेस्रो तथा निर्णायक खेलमा मंगलबार ८ विकेटको जित निकाल्दै इङ्ल्यान्डले श्रृखंला जितेको हो ।
लिड्सको हेडिंग्ली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । २५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर ३ बलमा मात्र दुई विकेटको क्षतिमा जित हात पार्यो ।
इंग्ल्याण्डका जोय रुट र कप्तान इयान मोर्गनको सानदार प्रदर्शनमा जित हासिल गरेको थियो । रुटले अविजित १ सय र मोर्गानले ८८ रन बनाए । त्यस्तै ओपनर जेम्स भिन्सेले २७ र जोनी ब्रेनस्टोले ३० रन जोडेका थिए । भारतका लागि सर्दुगल ठाकुरले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले कप्तान विराट कोहलीले ७१ तथा पूर्व कप्तान महेन्द्रसिंह धोनीले ४२ रन बनाएको थियो ।
यस्तै शिखरले ४४ रन, सर्दुल ठाकुरले २२ तथा दीनेश कार्तिक, हार्दिक पाण्डे भुवनेश्वकरमाुरले समान २१ रन जोडे । घरेलु टोलीका लागि डेभिड विली र अदिल रसिद समान ३ र मार्क उडले १ विकेट लिए । सन् २०११ यता भारतविरुद्धको श्रृखंला इङ्ल्यान्डले जितेको यो पहिलो पटक हो । एजेन्सी
Comments