१८ असार । सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक रसियासँग पेनाल्टी सुटआउटमा पराजित हुदै विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रसियाले स्पेनलाई पेनाल्टीमा ४–३ ले हराएको हो । नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
मार्को एसेन्सियोको फ्रिकिकमा रसियाका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रसियाले पेनाल्टी पाएको भएको थियो । सो पेनाल्टीमा रसियाका स्ट्राइकर आर्तेम जुबाले गोल गरी बराबरीमा ल्याए ।
दोस्रो हाफमा भने दुवै टोली गोल गर्न असफल भएपछि खेल यस विश्वकपमा पहिलो पटक अतिरिक्त समयतर्फ लागेको हो । अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसकेपछी खेल पेनाल्टी सुट आउटतर्फ गएको थियो ।
पेनाल्टी
स्पेन – आन्द्रेस इनिएस्टा : गोल (१-०)
रसिया – फेडोर स्मोलोभ : गोल (१-१)
स्पेन – जेरार्ड पिके : गोल (२-१)
रसिया – सेर्जे इग्नासेभिच : गोल (२-२)
स्पेन – कोके : सेभ (२-२)
रसिया – एकेक्जान्डर गोलोभिन : गोल (३-२)
स्पेन – सर्जियो रामोस : गोल (३-३)
रसिया – डेनिस चेरिसेभ : गोल (३-४)
स्पेन – इयागो आसपास : सेभ (३-४)
स्पेन समूह ‘बी’ को विजेता र रसिया समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् । यस अघि फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा छनोट भइसके भने पोर्चुगल र अर्जेन्टिना बाहिरिएका छन् ।
Comments