१३ असार । काठमाडौं । विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २–० ले हराएको छ ।
पेरुका लागि १८ औं मिनेटमा आन्द्रे कारिलोले बललाई जाली चुमाए । त्यसैगरी दोस्रो हाफको पाँच मिनेटमै पेरुवाका पावलो गुरेरोले अर्को गोल थप्दै पेरुको अग्रतालाई दोब्बर बनाए । हारसंगै अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अर्को खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले ।
समूह सी मा ३ खेलमा फ्रान्सको ७ अंक रहेको छ भने डेनमार्कको ५ अंक छ । पेरुले ३ अंक आफ्नो खातामा जोड्यो भने अष्ट्रेलियाले १ अंक मात्र जोड्न सफल रह्यो ।
अब फ्रान्सले समूह ‘डी’को उपविजेता र डेनमार्कले समूह ‘डी’को विजेताको सामना गर्ने छन् ।
Comments