११ असार । विश्वकप फुटबलमा इंग्ल्याण्ड नक आउट चरणमा प्रवेश गरेको छ । हिजो भएको खेलमा इंग्ल्याण्डले पानामालाई ६–१ ले हराउँदै नक आउट चरणमा प्रवेश गरेको हो ।
इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनको ह्याट्रिक, जोन स्टोन्सको दुई गोल तथा जेस लिंगार्डको एक गोल गरे भने पानामाका लागि फिलिपे बालोयले एक गोल गरे ।
पानामालाई पूरै दबाबमा राखेको इंग्ल्याण्डले पहिलो हाफमा ५–० को अग्रता लिएको थियो ।
जसमध्ये कप्तान ह्यारी केनको २, जोस स्टोन्सको २ र लिंगार्डको एक गोल समावेश थियो ।
दोस्रो हाफका केनले एक गोल गर्दै ह्याट्रिक पूरा गरे भने खेलको ७८ औं मिनेटमा पनामाका फेलिपे बालोएले सान्त्वना गोल फर्काउँदै अंक तालिका ६–१ बनाए ।
इंग्ल्याण्डले ट्युनिसिया र पानामालाई हराएर ६ अंकका साथ समूहको शिर्षस्थानमा रहँदै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
यस समूह जी बाट इंग्ल्यान्ड र बेल्जियम अन्तिम १६ मा छनोट भएका छन् भने पानामा र ट्युनिसिया बाहिरिएका छन् ।
Comments