२० जेठ । विश्वकपको उपाधि दावेदार तथा साविक विश्वकप विजेता जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । गए राति विश्वकपको मैत्रिपूर्ण खेलमा साविक विश्वकप विजेता जर्मनी अष्ट्रियासँग २-१ ले पराजित भएको हो ।
जर्मनीले खेलको एघारौं मिनेटमा अष्ट्रियाका गोलकिपरको गल्तीलाई सदुपयोग गर्दै मेसुट ओजिलले गोल गरी अग्रता लिएको थियो । ५३ औं मिनेटमा घरेलु टोली अष्ट्रियाका मार्टिन हिन्टरगरले बराबरी गोल गरे भने ६९ औं मिनेटमा अलेसान्डो स्कुप्फले विजयी गोल गरे ।
मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग समूह ‘एफ’ मा रहेको जर्मनीले आफ्नो अन्तिम मैत्रीपूर्ण खेल साउदी अरेबियासँग जुन ८ मा खेल्ने छ ।
अष्ट्रिया यस पटकको विश्वकपमा छनोट हुन सफल भएको थियो ।
साविक विश्वकप विजेता जर्मनी अष्ट्रियासँग पराजित
0
Share.
Comments