१८ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी भएको छ । गएराति भएको खेलमा टोटनह्यामले वाट्फोर्डमाथि २–० को जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन डेल अली र ह्यारी केनले गोल गरे ।
जितपछि चौथो स्थानको टोटनह्यामको लिगका तीन खेल बाँकी हुँदा ७१ अंक भएको छ । तेस्रो स्थानको लिभरपुलको ७२ अंक छ भने पाँचौँ स्थानको चेल्सीको ६६ अंक रहेको छ । (एजेन्सी)
टोटनह्यामको सहज जित
0
Share.
Comments