३ बैशाख । इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ । गएराति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड रेलिगेसन जोनको वेष्ट ब्रुमसँग पराजित भएपछि सिटीले उपाधि जितेको हो । म्यान्चेष्टर सिटीले पाँच खेल अगावै उपाधि कब्जा गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेड वेष्ट ब्रुमसँग १ – ० ले पराजित भएको थियो । वेष्ट ब्रुमको जितमा जे रोड्रिगेजले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए ।
उपाधिका लागि एक जित आवश्यक सिटीको लागि युनाइटेडको हार नै उपाधिको लागि प्रयाप्त बनेको छ । योसँगै सिटी लिगमा युनाइटेडलाई १६ अंकले पछि बनाएर पाँच खेल अगावै प्रिमियर लिगको उपाधि जित्न सफल भएको हो । सिटीको यो सिजनको पहिलो उपाधि हो भने तेस्रो प्रिमियर लिग उपाधि हो ।
उपाधि जित्ने क्रममा शीर्ष स्थानको सिटीले ३३ खेलबाट ८७ अंक जोड्न सफल भयो । सिटीले हालसम्म दुई खेलमा पराजय बेहोर्दा ३ खेलमा बराबरी र २८ खेलमा जित निकाल्न सफल भएको छ । दोस्रो स्थानको युनाइटेडको समान खेलबाट ७१ अंक रहेको छ । युनाइटेडलाई स्तब्ध बनाएको वेष्ट ब्रुम २४ अंक जोडेर लिगको पुछारमा रहेको छ ।
योसँगै सिटीका प्रशिक्षक ग्वार्डिओलाले आफ्नो प्रशिक्षक करियरको २४ औं उपाधि जित्न सफल भएका छन् । (एजेन्सी )
म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि
0
Share.
Comments