२३ फागुन । पेरिस सेन्ट जर्मेइन पीएसजीलाई समग्रमा ५–२ ले हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियलले पिएसजीलाई २–१ ले पराजित गरेको छ । पहिलो लेगमा ३–१ ले विजयी रहेको रियलले एग्रिगेटमा ५–२ को जित हासिल गरी लिगको क्वार्टर फाइनलमा पुगेको हो ।
दोस्रो लेगमा क्रिस्टियानो रोनाल्डो र क्यासेमिरोले एक एक गोल गरे भने पीएसजीका लागि इडिन्सन कभानीले एक गोल गरे ।
अहिलेसम्म साविक विजेता रियल म्याड्रिड र लिभरपुलले क्वार्टर फाइनलमा स्थान पक्का गरिसकेका छन् । (एजेन्सी)
रियल मड्रिडले पीएसजीलाई हरायो
0
Share.
Comments