एजेन्सी, २१ पुस । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत गएराति भएको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले नुम्यानसियालाई ३–० ले हराएको हो ।
रियल मड्रिडका लागि ग्यारेथ बेल, इस्को र बोर्जा मायोरलले एक एक गोल गरे ।
६० औँ मिनेटमा पेपे माली डियामान्का दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुम्यानसिया १० खेलाडीमा सीमित भयो । यो खेलमा रियल स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र करिब बेन्जिमा बिना खेलेको थियो ।
रियल मड्रिड विजयी
0
Share.
Comments