एजेन्सी, २० पुस । डिएगो कोस्टाले एथ्लेटिको मड्रिडमा आफ्नो दोस्रो यात्राको पहिलो खेलमा गोल गरेका छन् । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले लिइदा इस्पोर्टिओलाई ४–० ले हराउने क्रममा कोस्टाले एक गोल गरेका हुन् ।
६४ औँ मिनेटमा मैदान छिरेका कोस्टाले त्यसको पाँच मिनेट भित्र गोल गरेका हुन् । कोस्टाको गोल अघि एथ्लेटिकोका लागि ३३ औँ मिनेटमा डिएगो गोडिन र ३७ औँ मिनेटमा फर्नान्डो टोरेसले गोल गरेका थिए । एथ्लेटिकोका लागि इन्जुरी समयको दोस्रो मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेपछि टिम ४–० ले विजयी भयो ।
इन्जुरी समयको पहिलो मिनेटमा ट्रिलिस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इस्पोर्टिओ १० खेलाडीमा सीमित भएको थियो ।
एथ्लेटिको फर्किएको पहिलो खेलमा कोस्टाको गोल
0
Share.
Comments