एजेन्सी, १६ पुस । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी स्टोक सिटीलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले स्टोक सिटीमाथि ५–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो ।
चेल्सीका लागि एन्टोनिओ रुडिगर, ड्यानी ड्रिङ्कवाटर, पेड्रो, विलियन र डाभिडे जापाकोस्ताले एक एक गोल गरे ।
जितपछि दोस्रो स्थानमा उक्लिएको चेल्सीको २१ खेलबाट ४५ अंक भएको छ । म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ४४ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५८ अंक छ । राति नै भएको खेलमा स्वान्सी सिटीले वाट्फोर्ड तथा बोर्नमाउथले एभर्टनलाई २–१ ले हरायो ।
चेल्सी स्टोक सिटीलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लियो
0
Share.
Comments