एजेन्सी, २९ कार्तिक । डेनमार्क आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्ले–अफको दोस्रो लेगमा रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ ले हराउँदै डेनमार्कले विश्वकपमा छनौट भएको हो ।
पहिलो लेगमा गोल रहित बराबरी खेलेर छनौटको सम्भावना बराबरी राखेको रिपब्लिक अफ आयरल्याण्ड पराजित भएपछि डेनमार्कले विश्वकपमा छनौट भएको हो ।
डेनमार्कका लागि क्रिष्टियन एरिक्सनले ह्याट्रिक, निकलस बेन्टनरले एक गोल गरे भने २० औं मिनेटमा आयरल्याण्डका साइरस क्रिष्टिले आत्मघाती गोल गरे । यस्तै, आयरल्याण्डका लागि शेन डफीले एक गोल गरे ।
यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपमा छनौट हुन नसकेको डेनमार्कले आगामी वर्ष रुसमा हुने विश्वकपमा खेल्ने पक्का भएको छ ।
फर्कियो डेनमार्क विश्वकपमा
0
Share.
Comments