एजेन्सी, २७ कार्तिक । क्रोयसिया आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट भएको छ । प्ले अफ अन्तर्गत गएराति भएको ग्रिससँगको दोस्रो लेगमा गोलरहित बराबरीमा सकिएपछि क्रोयसिया विश्वकपमा छनौट भएको हो ।
पहिलो लेग अन्तर्गत बिहीबार राति क्रोयसियाले ग्रिसलाई ४–१ को फराकिलो अन्तरमा हराएको थियो । क्रोयसियाको जितमा लुका मोड्रिक, कालिनिक, पेरिसिक र कर्मारिकले गोल गरेका थिए । क्रोयसिया यो पाँचौ पटक विश्वकपमा छानिएको हो ।
क्रोयसिया पाँचौ पटक विश्वकपमा
0
Share.
Comments