एजेन्सी, १९ कार्तिक । स्पेनिश ला लिगामा गए राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई २–१ ले हराएको हो ।
बार्सिलोनाका लागि पाको अल्कासेरले २३ औं र ६५ औं मिनेट दुई गोल गरे । यस्तै, गुइडो पिजारोले ५९ औं मिनेटमा गोल गरे ।
यस जितसँगै बार्सिलोनाले आफ्नो सिजनको अपराजित यात्रा पनि कायम राखेको छ ।
बार्सिलोनाको ११ खेलमा ३१ अंक रहेको छ । त्यस्तै १९ अंकसहित सेभिल्ला भने अहिलेको लागि पाँचौं स्थानमा यथावत् रहेको छ ।
बार्सिलोनाका अपराजित यात्रा कायमै
0
Share.
Comments