काठमाडौं, १४ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा बर्नलीले न्युक्यासल युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा बर्नलीले न्युक्यासललाई १–० ले हराएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा बर्नलीका लागि ७४ औं मिनेटमा जेफ हेन्ड्रिकले निर्णायक गोल गरे ।
जितपछि सातौं स्थानको बर्नलीको १० खेलबाट १६ अंक भएको छ । १० खेलबाट १४ अंकसहित न्युक्यासल नवौं स्थानमा छ ।
बर्नलीले न्युक्यासललाई १–० ले हरायो
0
Share.
Comments