एजेन्सी, ६ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनलले प्रभावशाली जित दर्ता गरेको छ । आर्सनलले एभर्टनलाई ५–२ ले हराउँदै प्रभावशाली जित दर्ता गरेको हो ।
आर्सनलको जितमा नाचो मोनरियल, मेसुट ओजिल, एलेक्सान्ड्र लाकाजेटी, आरोन रामसी र एलेक्स सान्चेजले गोल गरे । यस्तै, एभर्टनका लागि वायने रुनी र निएसीले गोल गरे ।
६८ औं मिनेटमा गुआइ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो । जितपछि ९ खेलबाट १६ अंक जोडेको आर्सनल पाँचौं स्थानमा उक्लियो । ९ खेलबाट २० अंक जोडेको टोटनह्याम तेस्रो स्थानमै छ । ९ खेलबाट ८ अंक मात्रै जोडेको एर्भटन १८ औं स्थानमा झरेको छ ।
आर्सनलले एभर्टनलाई ५–२ ले हरायो
0
Share.
Comments