एजेन्सी, ३१ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले वेष्ट ब्रोमसँग बराबरी खेलेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
वेष्ट ब्रोमका लागि ६३ औं मिनेटमा नासर चाड्लीको गोल गरे । त्यस्तै, लेस्टर सिटीका लागि ८० औं मिनेटमा रियाद महरेजले गोल गरे ।
बराबरीपछि ८ खेलबाट ६ अंक मात्रै जोडेको लेस्टर सिटी १८ औं स्थानमा छ । १० अंकसहित वेष्ट ब्रोम १० औं स्थानमा उक्लिएको छ ।
लेस्टर सिटी र वेष्ट ब्रोम बराबरी
0
Share.
Comments