काठमाडौं, २९ असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज हुन लागेको नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । हङकङमा समुन्द्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगित भएको हो ।
हङकङका अधिकारीहरुले नेपाली क्रिकेट खेलाडीहरुलाई आज होटलमै बस्न र बाहिर ननिस्कन आग्रह समेत गरेका छन् ।
आज स्थगित खेल भोलि हुने जनाइएको छ । शुक्रबार भएको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।
आज हुने भनिएको नेपाल र हङकङबीचको खेल स्थगित
0
Share.
Comments