एजेन्सी, २६ असोज । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा हालसम्म आयोजक रुससहित २३ टिम छनौट भएका छन् । २०९ राष्ट्रले भाग लिएको छनोटमा २३ राष्ट्रले स्थान बनाइसक्दा अझ ९ राष्ट्रको स्थान पक्का हुन् बाँकी छ ।
विश्वकप फुटबलमा छनौट हुने राष्ट्रमा आयोजक रुससहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया, स्पेन, इजिप्ट, नाइजेरिया, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कोस्टारिका, मेक्सिको, पानामा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे र कोलम्बिया रहेका छन् ।
अब ९ राष्ट्र छनौट हुन बाँकी छ । बाँकी राष्ट्र मध्ये अफ्रिकाबाट तीन टिम छनौट चरणबाटै समूह विजेताको रुपमा छनौट हुनेछन् । यस्तै युरोपबाट प्ले–अफमा पुगेका ८ टिमबाट दुई लेगको खेल जित्ने चार टिमले रुस यात्रा तय गर्ने छन् । यस्तै पेरु तथा न्युजिल्याण्ड र होण्डुरस तथा अस्ट्रेलियाबिचको प्ले–अफबाट दुई टिमले विश्वकपमा स्थान पक्का गर्ने छन् ।
अहिलेसम्म स्थान बनाएका देशहरु यस प्रकार छन् ।
यूरोप : रुस , इङ्ल्यान्ड, बेल्जियम , जर्मनी , स्पेन , पोल्याण्ड , सर्बिया , पोर्चुगल , फ्रान्स , आइसल्याण्ड
एसिया : साउदी अरबिया , इरान , जापान , दक्षिण कोरिया
अफ्रीका : इजिप्ट , नाइजेरिया
उतरी , मध्य अमेरिका र क्यारिबियन : कोस्टा रिका , पानामा , मेक्सिको
दक्षिण अमेरिका : ब्राजिल , उरुग्वे , अर्जेन्टिना , कोलम्बिया
अझ सम्भावना बोकेका देशहरु :
स्विजरल्याण्ड, इटाली, क्रोसिया, डेनमार्क, नर्दर्न आयरल्याण्ड, स्वीडेन, गणतान्त्रिक आयरल्यान्ड, ग्रिस, पेरु, होण्डुरस, अस्ट्रेलिया, ट्युनेसिया, कोङ्गो, मोरोक्को, इभोरी कोस्ट, सेनेगल, बुर्किना फासो, कप भर्डे, र दक्षिण अफ्रीका
Comments