एजेन्सी, २ असोज । इटालियन सिरी ए फुटबलमा युभेन्टसले विजयी यात्रा कायम राखेको छ । अवे मैदानमा गएराति भएको खेलमा युभेन्टसले सोसुओलोलाई ३–० ले हराएर विजयी यात्रा कायम राखेको हो ।
युभेन्टसको जितमा तीनै गोल पाउलो डिबालाले गरे । अर्जेन्टिनी स्ट्राइकर डिबालाले १६, ४९ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।
लगातार चार खेल जितेको युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । राति नै भएको खेलमा वेनेभेन्टोलाई ६–० ले हराएको नापोली चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।
युभेन्टसको विजयी यात्रा कायमै
0
Share.
Comments