एजेन्सी, २ असोज । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडलाई हराएको छ । गएराति अवे मैदानमा भएको खेलमा साबिक विजेता मड्रिडले रियल सोसिडाडलाई ३–१ ले हराएको हो ।
रियलको जितमा बोर्जा मायोरल र ग्यारेथ बेलले गोल गरे । यस्तै रियल सोसिडाडका केविन रोड्रिग्वेजले एउटा आत्मघाती गोल गरे । रियल सोसिडाडका लागि रोड्रिग्वेजले नै गोल गरे ।
चार खेलबाट ८ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा छ ।
राति नै भएको खेलमा गिरोनालाई १–० ले हराएको सेभिल्ला चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । राति नै भएका खेलमा भिल्लारियलले एलाभेसलाई ३–० तथ लास पालमसले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएका छन् ।
रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड चौथो स्थानमा उक्लियो
0
Share.
Comments