काठमाडौं, २७ भदौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा भएको १४ औं संस्करणको बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७३ हिजो सम्पन्न भएको छ । अघिल्ला बर्षहरुमा जस्तै यो वर्ष पनि ८ बिधामा अवार्ड वितरण गरिएको थियो ।
पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट महिला खेलाडीमा ब्याडमिन्टनकी नङ्शल देवी तामाङ र पुरुष खेलाडीमा फुटबलका किरण चेम्जोङ घोषित भएका छन् । यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट गल्फका घनश्याम थापा सम्मानित भए ।
उत्कृष्ट युवा खेलाडीमा जुडोकी मनिता श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्सका पुष्पराज ओझा, पारा एथ्लेट् अफ दि इयर नेत्रहिन खेलाडी पदम बडेला र स्पेशल अवार्डबाट बन्दी सहायता नियोगलाई सम्मान गरिएको छ । यस्तै, एसएमएस तथा फेसबुकमा भएका भोटिङमा धेरै भोट ल्याउनेलाई प्रदान गरिने पिपुल्स च्वाइस अवार्डबाट एथ्लेटिक्सकी कान्छीमाया कोजु सम्मानित भएकी छिन् ।
पल्सर स्पोर्टस अवार्डःकसले कुन अवार्ड जिते
0
Share.
Comments