एजेन्सी, २० भदौ । एएफसी एसियन कप–२०१९ को छनोट चरणअन्तर्गत आज नेपालले ताजकिस्तानसँग खेल्दै छ । खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे हुनेछ ।
एएफसी एसियन कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न नेपालको खेल आजका लागि महत्वपूर्ण छ । यसअघिका २ खेलमा १ हार र १ मा बराबरी गरेको नेपालले आज ताजकिस्तानको सामना गर्दैछ । ताजकिस्तानले यसअघिका दुवै खेल गुमाइसकेको छ । त्यसैले उसका लागि पनि यो खेल त्यत्तिकै महत्वपूर्ण छ ।
नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातुको कोजी र कप्तान विराज महर्जनले ताजिकिस्तानविरुद्ध जितको आशा व्यक्त गरेका छन् । त्यस्तै, ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले एसिया कपमा छनोटका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको बताएका छन् ।
नेपाल र ताजकिस्तान आज भिड्दै
0
Share.
Comments