एजेन्सी, ११ भदौ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई २–१ ले हराउँदै दोस्रो जित दर्ता गरेको हो ।
सिटीका लागि गाब्रियल जिसस र रहिम स्ट्रलिङले गोल गरेका थिए । यस्तै, बोर्नमाउथका लागि चार्ली ड्यानिएल्सले गोल गरेका थिए ।
सिटीका स्ट्रलिङले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
सिटी तीन खेलबाट सात अंकसहित तेस्रो स्थानमा छ । राति नै भएको खेलमा हडल्र्सफिल्ड र साउथह्याम्पटन तथा वाट्फोर्ड र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
म्यानचेस्टर सिटीले बोर्नमाउथलाई हरायो
0
Share.
Comments