एजेन्सी, १२ साउन । बार्सिलोनाले नेयमारको गोलमा प्रि सिजन खेलमा जित हासिल गरेको छ । गएराति अमेरिकामा भएको खेलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो ।
एन्टोनियो भ्यालेन्सियाको गल्तिको फाइदा उठाउँदै नेयमारले ३१ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । त्यहि गोल नै खेलको निर्णायक बन्यो ।
त्यो हारपछि प्रि सिजनमा युनाइटेडको विजय यात्रा टुंगिएको छ ।
बार्सिलोनाले युनाइटेडलाई हरायो
0
Share.
Comments