एजेन्सी, २० असार । तीन पटकका ग्राण्डसलाम विजेता स्टानिसलास वावरिन्का विम्बलडन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । विश्व नम्बर पाँचका वावारिन्का डानिल मेड्भेडेभसँग पराजित भएका हुन् ।
उनी मेड्भेडेभसँग ६–४, ३–६, ६–४ र ६–१ को सेटमा पराजित भएका हुन् ।
त्यसअघि भएको खेलमा विश्व नम्बर दुई राफायल नाडाल जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेका थिए । नाडालले जोन मिलम्यानलाई हराएका हुन् ।
वावरिन्का विम्बलडन टेनिसको पहिलो चरणबाटै बाहिरिए
0
Share.
Comments