एजेन्सी, १२ असार । चिलीले समूह उपविजेता बन्दै फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा अस्ट्रेलियासँग १–१ को बराबरी गर्दै चिली समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
चिलीका लागि मार्टिन रोड्रिग्वेज र अस्ट्रेलियाका लागि जेम्स ट्रोइजीले गोल गरे ।
समूह विजेता बनेको जर्मनीको तीन खेलबाट सात तथा उपविजेता बनेको चिलीको पाँच अंक भयो । अस्ट्रेलिया र क्यामरुन भने समूह चरणबाटै बाहिरिएका छन् ।
चिली उपविजेता बन्दै पुग्यो सेमिफाइनलमा
0
Share.
Comments