एजेन्सी, ८ असार । रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत गएराति भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ए मा रहेको पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले गरेको गोल नै निर्णायक बन्यो । खेलको ८ औं मिनेटमा रोनाल्डोले हेडमार्फत सुन्दर गोल गरेका हुन् ।
जितपछि समूहको दुई खेलबाट चार अंक जोडेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ । पहिलो खेल जिते पनि दोस्रो खेलमा पोर्चुगलसँग पराजित भएको आयोजक रुस तीन अंकसहित तेस्रो स्थानमा छ ।
पोर्चुगलले आयोजक रुसलाई हरायो
0
Share.
Comments