काठमाडौं, ५ असार । उन्नाइस वर्षमुनिको आइसिसी वर्ल्ड कप क्वालिफायरको लागि १८ खेलाडी छनौट गरिएको छ । एसिया छनोट अन्तर्गत सिंगापुरमा हुने खेलका लागि अन्तिम १८ खेलाडी छानिएको हो ।
टोलीमा सन्दिप लामिछाने, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, ललित राजवंशी र पवन सर्राफ छन् । यस्तै अनिलकुमार साह, किशोर महतो, सुशान्त सिंह थापा, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दिप जोरा, रिजन ढकाल, प्रनित थापा मगर, शाहव आलम, रसिद खान र आदिल खान पनि टोलीमा परेका छन् ।
आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा साथै नेपाल अण्डर नाइन्टिन टिमका प्रशिक्षक विनोद दास सम्मिलित छनोट समितिले १८ खेलाडी छनोट गरेको हो । जुन १२ तारिखदेखि १७ सम्म कीर्तिपुरमा भएको सुपर लिग म्याचको आधारमा खेलाडी छनौट गरिएको हो ।
Comments