एजेन्सी, २९ जेठ । दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल पुगेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा गएराति दक्षिण अफ्रिकालाई ८ विकेटले हराउँदै भारतले सेमिफाइनल पुगेको हो ।
ओभलमा भएको खेलमा १ सय ९२ रनको लक्ष्य भारतले ३८ ओभरमा मात्रै २ विकेट गुमाएर भेट्टायो । भारतका शिखर धवनले ७८ तथा कप्तान विराट कोहली नटआउट ७६ रन बनाए ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्वीण्टन डि ककको ५३ रन मद्दतमा १ सय ९१ रन मात्र बनाउन सकेको थियो । दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले ३६ तथा हाशिम अमलाले ३५ रनको योगदान दिए । दक्षिण अफ्रिकालाई ४४ दशमलव ३ ओभरमा आउट गर्ने क्रममा भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई दुई विकेट लिए ।
हारपछि दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा आज पाकिस्तान र श्रीलंका खेल्नेछन् । खेलको विजेता सेमिफाइनल पुग्नेछ ।
दक्षिण अफ्रिकालाई हराउँदै भारत सेमिफाइनलमा
0
Share.
Comments