एजेन्सी, १४ जेठ । बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा गएराति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए ।
कोपा डेल रेको सबै भन्दा सफल क्लब बार्सिलोनाले २९ पटक उपाधि जितेको छ ।
कोपा डेल रेको उपाधिमा बार्सिलोनाको हृयाट्रिक
0
Share.
Comments