काठमाडौं । अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० छाड्ने भएका छन् ।
पीएसजीको बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै क्लब छाड्न सहमत भएका हुन् । पीएसजीसँग पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो ।
तर, पीएसजी पछिल्लो समय पोचेटिनोसँग सन्तुष्ट नभएको बताईएको छ । पीएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा भने गरेको छैन ।
पोचेटिनो २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो ।
पोचेटिनोले पीएसजीलाई फ्रेन्च लिग वान जिताएका छन् । पोचेटिनोको नेतृत्वमा पीएसजीले ९५ खेल खेलेको छ । पीएसजीले नयाँ प्रशिक्षकका लागि जिनेदान जिदान, जोसे मोरिन्हो लागयतका प्रशिक्षकसँग छलफल गरिरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ ३० सोमबार
Comments