काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोलीले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
मलेसियाको यूकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ । भुटानविरुद्ध खेलेको टिममा किरण कुँवर र एलिशा यादवको स्थानमा अञ्जली विश्वकर्मा र रञ्जु श्रेष्ठलाई टोलीमा समावेश गरिएको छ ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९यूएई०सँग १० रनले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो । ९ रनको लक्ष्य भेट्टाएको यूएईले सात बलमा विना विकेट क्षति पूरा गरेको थियो ।
यस हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । नेपालले तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । एसियाली छनोटबाट शीर्ष एक टोलीले दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउनेछ ।
प्रकाशित मितिः २०७९ जेठ २४ मंगलबार
Comments