काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २–० को जित निकालेको छ ।
मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही–चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे । खेलको १२औँ मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो । इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २–० को जित निश्चित गरेको हो ।
खेलको ५२औँ मिनेटमा एलेक्स आइबाक्यासले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिँदै खेलको अन्त्य गरेको थियो ।
यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । यस्तै, चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ २४ मंगलबार
Comments